Market Closed

सनराइज बैंकको आस्वा शुल्क २५ रुपैयाँ, अनलाइन भर्दा पैसा लाग्दैन

01 Jan,2018
  • Sunrise-bank-Ltd_1_1_2018_11_40_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले सोमबारबाट लागू हुने गरी आस्वा मार्फत आवेदन दिंदा प्रतिआवेदन २५ रुपैयाँ शुल्क लाग्ने बनाएको छ । सनराइजले सीडीएससी मार्फत सी—आस्वाको सदस्यता समेत लिइसकेकाले मेरो सेयर लग इन गरेर पनि आवेदन दिन सकिनेछ । मेरो सेयर मार्फत आवेदन दिंदा भने कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । सी—आस्वाको रजिष्ट्रेसन फर्म बैंकको वेभसाइटबाट डाउनलोड गर्न सकिने छ भने बैंकको कुनै पनि शाखा कार्यालयमा पनि यो फर्म उपलब्ध छ । नेपाल धितोपत्र बोर्डले आइपीओ र एफपीओमा आस्वा अनिवार्य गरिसकेको छ । अहिले हकप्रद सेयरका लागि पनि आस्वामार्फत आवेदन दिन सकिने व्यवस्था छ । आस्वा शुल्क १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था भए पनि अहिले बैंक तथा वित्तीय संस्थाले शुल्क घटाएका छन् भने कतिपयले त निःशुल्क समेत बनाएका छन् ।

Post Your Comment