Market Closed

सनराइज बैंकको खुद नाफा ३.६३% ले खुम्चिए पनि ब्याज आम्दानीमा यसरी देखियो सुधार

29 Jan,2018
  • Sunrise-bank-Ltd_1_1_29_2018_11_42_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५८ करोड ७५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण्ण सार्वजनिक गरेको छ । भारीमात्रामा चुक्ता पुँजी वृद्धि भएकाले सोही अनुसार दोस्रो त्रैमासमा नाफा वृद्धि गर्न भने बैंकलाई केही कठिनाई भएको वित्तीय विवरणले देखाएको छ । बैंकको नाफा गत वर्षको तुलनामा ३.६३% ले थोरै हो । गत वर्ष सनराइजले ६० करोड ९७ लाख ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने १५.५२% ले बढेर १ अर्ब २७ करोड ४४ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस बैंकले १ अर्ब १० करोड ३१ लाख ८० हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले सञ्चालन नाफामा पनि मध्यम खालको मात्र प्रगति गरेको छ । गत वर्ष ८२ करोड ५ लाख ७७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको सनराइजको यो त्रैमाससम्म आइपुग्दा सञ्चालन नाफा ८३ करोड ६ लाख १६ हजार रुपैयाँ देखिएको छ । बैंकको खराब कर्जा भने थोरैले बढेर १.६५% पुगेको छ । गत वर्ष खराब कर्जा अनुपात १.४०% मात्र रहेको थियो ।

चुक्ता पुँजी ५ अर्बबाट बढाएर ८ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपैयाँ पुर्याएको सनराइजको जगेडा कोषमा भने २ अर्ब १० करोड ५ लाख ३६ हजार रुपैयाँ छ । जगेडा कोषलाई पनि मजबुत बनाउँदै जानुपर्ने अवस्था छ । निक्षेप ५७ अर्बबाट ६३ अर्ब २६ करोड ९२ लाख ७७ हजार रुपैयाँ पुर्याएको सनराइजले ५६ अर्ब २४ करोड १७ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । प्रोभिजनमा २३ करोड ६४ लाख ९५ हजार राखेको यस बैंकले यो त्रैमाससम्मा २३ करोड २० लाख ४९ हजार रुपैयाँ राइट ब्याक गरेको देखाएको छ । बैंकको कस्ट अफ फन्ड पनि बढेर ७.३२% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ४.६०% थियो । त्यस्तै, कर्जा निक्षेप अनुपात भने ७८.६४% रहेको छ । प्रतिसेयर आम्दानी पनि २३ रुपैयाँबाट झरेर १४ रुपैयाँ ४१ पैसामा आइपुगेको छ । प्रतिसेयर नेटवर्थ पनि १२७ रुपैयाँ ४१ पैसाबाट थोरै घटेर १२५ रुपैयाँ ७७ पैसा कायम भएकोे छ । 

सनराइज बैंकको दोस्रो त्रैमासको विस्तृत वित्तीय विवरण यहाँ हेरौं 
http://www.nepalipaisa.com/documentviewer.aspx/SRBL/Sunrise%20Bank%20Limited/file/sunrise_bank_ltd,_2nd_qtr_watermark_1_29_2018_11_43_01_AM.pdf

Post Your Comment