Market Closed

सनराइज बैंकको सी–आस्वामा दर्ता हुनु अनुरोध, सबै शाखाबाट सीआरएन लिन सकिने

28 Feb,2018
  • Sunrise-bank-Ltd_2_28_2018_12_45_37.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले खातावालहरुलाई सी–आस्वा रजिष्ट्रेसन नम्बर (सीआरएन) लिन आग्रह गरेको छ । गत शुक्रबारबाट अनिवार्य रुपमा लागू भएको सी–आस्वा प्रणालीमार्फत सेयरमा आवेदन गर्नका लागि सहज हुने भन्दै सीआरएन नम्बर लिन आग्रह गरेको छ । बैंकले सी–आस्वा रजिष्ट्रेसन दर्ता फारम भरी सीआरएन नम्बर लिन अनुरोध गरेको छ । बैंकले सनराइज बैंकको जुनसुकै शाखा तथा सनराइज क्यापिटल लिमिटेड कमलपोखरीबाट पनि डिम्याट खाता खोल्न सकिने जनाएको छ । सीडीएस एन्ड क्लियरिङ लिमीटेडले ‘धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धी सञ्चालन निर्देशिका, २०७४’ को कार्यान्वयन गरी फागुन ११ देखि सार्वजनिक निष्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सी–आस्वामार्फत हुनुपर्ने व्यवस्था गरेको छ । 
 

Post Your Comment