सनराइजले खातामै पठाउन थाल्यो १५% बोनस, कर तिर्नुपर्ने हो कि होइन यसरी जान्नुहोस्

18 Apr,2018
  • Sunrise-bank-Ltd_2__4_18_2018_12_22_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले १५% बोनस सेयर डिम्याट खातामा पठाउन सुरु गरेको छ । तर बैंकका केही सेयरधनीले भने कर तिरेपछि मात्र बोनस सेयर खाता पाउने भएका छन् । २०७३ माघ २९ गतेदेखि २०७४ कात्तिक १२ गतेसम्म सेयर किनेकाहरुले कर वापत ५% रकम तिरेपछि मात्र बोनस पाउने सनराइजले जनाएको छ ।

बोनस सेयरमा लाग्ने कर सनराइज बैंक कमलपोखरी शाखाको खाता नम्बर ०६९०३७१११४७०१००२ मा जम्मा गर्नुपर्नेछ । कर तिर्नु नपर्ने सेयरधनीलाई मात्रै बैंकले खातामै बोनस पठाउन सुरु गरेको हो । कम्पनीहरु मर्ज तथा एक्विजिसन भएका बेला कायम सेयरधनीलाई निश्चित समय कर छुट हुन्छ ।

हालसम्म भौतिक रुपमै सेयर राखेका वा डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीले डिम्याट खाता खोलेपछि मात्र बोनस पाउनेछन् । सनराइज बैंकको बोनस नेप्सेमा सूचीकरण भइसकेको छ । सनराइजले पुस ३ गते वार्षिक साधारण सभा गरी १५% बोनस सेयर पारित गरेको थियो ।
 
 

Post Your Comment