Market Closed

सनराइज बैंक र भारतका २ वटा हस्पिटलबीच सम्झौता, स्वास्थ्य परीक्षणमा ५०% सम्म छुट

13 Mar,2019
  • 54389074_411459459398734_3380029688746344448_n_3_13_2019_4_57_00.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले भारतस्थित बीएलके सुपर स्पेसियालिटी र नानावती सुपर स्पेसियालिटी हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड लिएका सम्पूर्ण ग्राहकहरुले बीएलके र नानावती हस्पिटलका विभिन्न सेवाहरुमा अधिकतम ५०% सम्म छुट पाउन सक्नेछन् ।
 
सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले हस्ताक्षर गरे । सनराइजका ग्राहकहरुले स्वास्थ्य परीक्षणदेखि भर्ना खर्चसम्म अधिकतम ५०% सम्म छुट पाउनेछन् ।

यसका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्टहरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्यााउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Post Your Comment