Market Closed

सनराइज बैंकले १० लाख युनिट ऋणपत्र बिक्री गर्न पायो अनुमति, कति छ ब्याज ?

17 Mar,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले १ अर्ब रुपैयाँको १० लाख युनिट ऋणपत्र जारी गर्न अनुमति पाएको छ  । सनराइजलाई १ हजार रुपैयाँ दरको १० लाख युनिट ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । बैंकले ‘१०% सनराइज डिबेन्चर २०८०’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

१०% ब्याज पाइने यस ऋणपत्रको अवधि ५ वर्षको हुनेछ । कुल १० युनिट मध्ये ४ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि जारी गरिनेछ । बाँकी ६ लाख युनिट भने अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।
 
सनराइजले ऋणपत्र निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।

Post Your Comment