Market Closed

सनराइज बैंकको १० लाख इकाई ऋणपत्र बुधबारदेखि खुल्दै, कति दिने आवेदन ?

31 Mar,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले बुधबार (चैत २० गते) देखि २५ गतेसम्म १० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार इकाईसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।
 
सनराइज बैंकले ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गर्न लागेको हो । वार्षिक १०% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून जोखिम जनाउने ‘केयर एनपी ए रेटिङ’ दिएको छ ।
 
लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।
 
यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ८०% कर्जा लगानी र २०% संरचना तथा व्यवसाय विस्तारको लागि उपयोग हुनेछ । सनराइज बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ  ।

Post Your Comment