Market Closed

सनराइज बैंकको ४ लाख इकाई ऋणपत्र भर्ने सोमबार अन्तिम दिन, ब्याजदर १०%

07 Apr,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51.jpg
नेपाली पैसा 
 
काठमाडौं : सनराइज बैंकको ४ लाख युनिट (इकाई) ऋणपत्रमा आवेदन दिने सोमबार (चैत २५ गते) अन्तिम दिन हो । बैंकले कुल १० लाख युनिटमध्ये सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार युनिटसमेत थप गरी सर्वसाधारणलाई ४ लाख युनिट ऋणपत्र बिक्रीमा ल्याएको हो । बाँकी ६ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।
 
सनराइज बैंकले ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गरेको हो । लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम ४ लाख युनिटसम्म आवेदन दिन सक्नेछन् । सोमबारसम्म आवश्यक मात्रामा बिक्री नभएमा वैशाख १९ गतेसम्म भर्न सकिनेछ ।
 
वार्षिक १०% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून जोखिम जनाउने ‘केयर एनपी ए रेटिङ’ दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । 
 
यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ८०% कर्जा लगानी र २०% संरचना तथा व्यवसाय विस्तारको लागि उपयोग हुनेछ । सनराइज बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ  ।

Post Your Comment