सनराइज बैंक पनि उक्लियो अरबपति सूचीमा, नाफा ३०.१४% ले बढ्दा अन्य सूचक कस्तो ?

30 Apr,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंक अरबपतिको सूचीमा उक्लिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सनराइजले १ अर्ब २२ करोड ६० लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३०.१४% ले बढी हो । गत वर्ष बैंकले ९४ करोड २१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको वितरण योग्य नाफा भने ९१ करोड ३४ लाख २५ हजार रुपैयाँ रहेको छ ।
 
सनराइजले तेस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढाएको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिमा भन्दा ३७.६५% ले बढेर २ अर्ब ६४ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ९२ करोड ५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
 
साथै, सञ्चालन नाफा गत वर्षको तुलनामा १८.५४% ले बढेर १ अर्ब ७५ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब ४७ करोड ९४ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
 
बैंकको जगेडा कोषमा २ अर्ब ४३ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड् अर्निङमा १ अर्ब १० करोड ५९ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले तेस्रो त्रैमास सम्म ७१ अर्ब ९१ करोड ५६ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६८ अर्ब ८१ करोड ५३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
सनराइजको खराब कर्जा ०.०८% ले घटेर १.३७% पुगेको छ । गत वर्ष बैंकको खराव कर्जा १.४५% थियो । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६४ पैसाले बढेर २० रुपैयाँ ५ पैसा पुगेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४१ पैसा रहेको छ । यसको चैत मसान्तसम्म आधारदर १०.४३% रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५५ पैसा रहेको छ । 

सनराइज बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment