सनराइज बैंकको सीइओमा निरज श्रेष्ठ नियुक्त

07 Jun,2019
  • SRBL_Niraj_6_7_2019_11_52_41.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैंकको २२ गते बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गरेको हो । उनी ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त भएका हुन् ।
 
यसअघि सीइओ रहेका रात्नराज बज्राचार्य ४ वर्षे कार्यकाल सकिएपछि सेवाबाट बाहिरिएका थिए । उनको कार्यकाल सकिएसँगै बैंकको कामु प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले जिम्मेवारी सम्हालेकी थिइन् ।
 
सनराइजका नव नियुक्त सीइओ श्रेष्ठ उसअघि माछापुच्छ्रे बैंकमा कार्यरत थिए । माछापुच्छ्रेमा कार्यकाल बाँकी रहँदै श्रेष्ठ बैंकबाट बाहिरिएका थिए । उनले सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका हुन् ।

Post Your Comment