Market Closed

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त

21 Jun,2019
  • 1_6_21_2019_3_17_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले आशा राणा अधिकारीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको बैंकले जनाएको छ । उनले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी छिन् । 
 
हालै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका निरज कुमार श्रेष्ठले कार्यभार सम्हाल्ने मिति पर सारेपछि अधिकारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । अधिकारी विगत ३१ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत रहेकी छिन् । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरिसकेकी छिन् ।

Post Your Comment