Market Closed

सनराइजको खुद नाफामा १५.५७% ले सुधार, रिजर्भकोष भने बढाउनुपर्ने चुनौती

14 Aug,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांस सूचकमा सुधारसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत असार मसान्तसम्म १ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.५७% प्रतिशत बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ४७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ छ । हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

यता, बैंकले रिजर्भकोष भने १०.९२% बढाएर २ अर्ब ५८ करोड रुपैयाँ नघाएको छ । तर, चुक्ता पुँजीको आधारमा भने सनराइजलाई रिजर्भकोष बढाउनु पर्ने चुनौती रहेको छ । सनराइजले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ११.९७% र १६.३२% ले बढाएको छ ।
 
बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ८१ पैसाले बढेर १८ रुपैयाँ १३ पैसा भएको छ । सनराइजको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ४७ पैसा छ । 

 

Post Your Comment