Market Closed

सनराइज बैंकका एक संस्थापक जसले बेच्न खोज्दैछन् २९ हजार ३१६ कित्ता सेयर

06 Sep,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । संस्थापक श्रीराम श्रेष्ठले आफ्नो नाममा रहेको २९ हजार ३१६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यसमा सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १६५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । 
 
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 
 
हाल सनराइजको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ छ । असार मसान्त सम्ममा बैंकले १ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सनराइजको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ४७ पैसा छ । 
 

Post Your Comment