Market Closed

सनराइज बैंकको १५.८% लाभांश घोषणा, बोनस र नगद कति ?

18 Sep,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले १५.८% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८% नगद लाभांश दिने निर्णय गरेको हो ।
 
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गरिनेछ । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, बैंकले ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । 

हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्नेछ ।



Post Your Comment