सनराइज बैंकको १५.८% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

17 Oct,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकको १५.८% लाभांश सुरक्षित गर्ने बिहीबार (असोज ३० गते) अन्तिम दिन हो । बैंकले कात्तिक १५ गते वार्षिक साधारण सभामा १०% बोनस सेयर र ५.८ नगद गरी कुल १५.८% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभा गर्न शुक्रबार (कात्तिक १ गते) बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । 
 
बैंकले कुल ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । सनराइज बैंक अन्य वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ । कुनै वित्तीय संस्था गाभ्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा लगिँदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । 
 
यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा नक्साल बैंक्वेट नारायणचौर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ । 
 
हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६।१ रुपैयाँ पुग्नेछ । 

Post Your Comment