Market Closed

सनराइज बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन

18 Oct,2019
  • price-adjustment-no_10_18_2019_10_30_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : सनराइज बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २१७.२७ पैसा लाई आधार मानेर आइतबार सनराइजको कारोबार खुल्नेछ । बैंकले कात्तिक १५ गते हुने साधारण सभाका लागि शुक्रबार (कात्तिक १ गते) बुक क्लोज गरेको छ । असोज ३० गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८% नगद गरी कुल १५.८% लाभांश दिन लागेको हो । 
 
सभा नक्साल ब्यांकेट, नारायणचौर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment