Market Closed

स्वावलम्बन लघुवित्तको नाफा १५.०३% ले बढ्यो, प्रतिसेयर आम्दानी ६४ रुपैयाँ

05 Feb,2018
  • Swabalamban-bikas-ban_1_8_2_5_2018_11_59_33.jpg
नेपाली पैसा
 
काठमाडौं : स्वावलम्बन लघुवित्त विकास बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५.०३% ले वृद्धि भएको छ । बैंकको खुद नाफा गत वर्षको यही अवधिमा १४ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेकामा यसपालि बढेर १६ करोड ३० लाख ८६ हजार रुपैयाँ पुगेको हो । बैंकको खुद ब्याज आम्दानी भने १३.३८% ले घटेर ४२ करोड १३ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष खुद ब्याज आम्दानी ४८ करोड ६४ लाख २८ हजार रुपैयाँ थियो । यता, सञ्चालन नाफामा १४.२८% सुधार हुँदै २५ करोड ४५ लाख ९९ हजार रुपैयाँ पुगेको छ । बैंकको राइट ब्याक ५ लाख ४७ हजार रुपैयाँ छ । सम्भावित जोखिमका लागि १ करोड ७२ लाख ८७ हजार रुपैयाँ छुट्याएको छ । स्वावलम्बनले यो त्रैमाससम्ममा ४ अर्ब ९९ करोड ११ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ८ अर्ब ५१ करोड २४ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । खराब कर्जामा थोरै वृद्धि भएको छ । गत वर्ष ०.८७% रहेको खराब कर्जा बढेर यसपालि ०.९८% पुगेको हो । कस्ट अफ फन्ड पनि ६.०७% बाट ८.७६% पुगेको छ । बैंकको चुक्ता पुँजी ५० करोड ३१ लाख ११ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भ कोषमा अहिले ७४ करोड २६ लाख ४० हजार रुपैयाँ जम्मा भएको छ । स्वावलम्बनको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ छ ।
 
 
 

Post Your Comment