Market Closed

स्वावलम्बनको ३ लाख २ हजार कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम मौका, भाउ कति ?

15 May,2018
  • Swabalamban-bikas-bank-Lt_5_15_2018_11_14_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी खुला गरिरहेको छ । यो लिलामी भर्ने बुधबार अन्तिम म्याद हो । यस आधारमा लिलामी भर्न अब मंगलबार सहित २ दिनमात्र समय बाँकी छ । वैशाख १९ देखि स्वावलम्बनको संस्थापक समूहको ३ लाख २ हजार ४१६ कित्ता सेयर लिलामी खुला गरिएको हो ।

यो सेयरको न्यूनतम मूल्य ७२८ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम ७२८ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ बोलकबोल गरी आवेदन दिनुपर्नेछ । आवेदन फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा पाइनेछ ।
 
न्यूनतम १०० कितादेखि अधिकतम ३ लाख २ हजार ४१६ कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले पनि बोलपत्र भर्न सक्नेछन् । लगानीकर्ताले आवेदन फारममा डिम्याट खाता नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।

Post Your Comment