Market Closed

स्वावलम्बन लघुवित्तको ३ लाख ७७ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

16 Jul,2019
  • auction_img_1_7_15_2019_1_00_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर मंगलबार (असार ३१ गते) बाट लिलामी खुला भएको छ । कम्पनीले महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा स्वावलम्बनका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् ।
 
न्यूनतम प्रतिसेयर ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा साउन २९ गतेसम्म अपराह्न ३ बजेसम्म आवेदन दिन पाइने छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा पुग्ने गरी बालपत्र पेश गर्नुपर्नेछ ।

स्वावलम्बनको लिलामी सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment