Market Closed

स्वाबलम्बन लघुवित्तको १ लाख २६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो, भाउ कति ?

22 Nov,2020
  • Auction_10_10_2017_10_03_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको महिला सहकारी संस्थाको १ लाख २६ हजार कित्ता संस्थापक सेयर आज आइतबार (मंसिर ७ गते) बाट बिक्री खुला गरेको छ । स्वाबलम्बनले न्यूनतम मूल्य ४९२ रुपैयाँ भाउ तोकेर सेयर बोलकबोलका माध्यमबाट बिक्री खुला गरेको हो ।

सेयर खरिद गर्न इच्छुक व्यतिm,बैंक वित्तीय संस्था र बिभिन्न कम्पनीहरुले पुस १२ गतेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल नागपोखरी काठमाडौंमा बुझाउन सकिनेछ । इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 

Post Your Comment