Market Closed

बेस्टले सिनर्जी फाइनान्स एक्विजिसनपछि गर्यो ५१ लाख कित्ता सेयर सूचीकृत

20 May,2019
  • best_2_8_2018_3_13_53_7_24_2018_11_48_55.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बेस्ट फाइनान्सको ५१ लाख २५ हजार २८ कित्ता सेयर थप भएको छ । बेस्टले सिनर्जीलाई १ः१ स्वाप रेसियोमा एक्वायर गरी कायम भएको सेयर आफ्नो नाममा सूचीकृत गराएको हो । 
 
नेप्सेले उक्त सेयर बेस्टको ‘बीएफसी’ संकेतमा रहने गरी कारोबार पनि खुला गरेको छ । बेस्टले सिनर्जी फाइनान्सलाई एक्वायर गरी २०७५ साउन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।
 
यता, एक्विजिसनपछि यसको चुक्ता पुँजी ८१ करोड १६ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बेस्टले ७ करोड ७३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment