Market Closed

सजिलो लघुवित्तको नाफा ९६८.८९% वृद्धि, निक्षेप र कर्जा पनि यसरी बढायो

22 Aug,2019
  • profit_8_22_2019_1_31_30.png
नेपाली पैसा 
 
काठमाडौं : सजिलो लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५–७६ मा ९४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ९६८.८९% धेरै हो । अघिल्लो वर्ष कम्पनीले ८ लाख ८४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा ह्वात्तै बढाएपछि नाफा आकर्षक हिसाबले माथि जान सहयोग पुगेको हो ।

अघिल्लो वर्ष १ करोड २१ लाख ४९ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको सजिलो लघुवित्तले यो त्रैमाससम्म आइपुग्दा बढाएर ३ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि १४ लाख २५ हजार रुपैयाँबाट बढाएर ९६ लाख ४४ हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ । 
 
असार मसान्तसम्म ९ करोड २५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको सजिलोले ७२ करोड ६८ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । अघिल्लो वर्ष यसले ९९ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । हाल सजिलोको चुक्ता पुँजी १४ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.१२% पुगेको हो । यसको यसको कस्ट अफ फन्ड ११.६२% र कर्जा निक्षेप अनुपात ७८४.९०% छ । सजिलो लघुवित्तले सर्वसाधारणमा आइपीओ जारी गरेको छैन । 

सजिलो लघुवित्तको वित्तीय विवरण हेर्नुहोस् । 
 

Post Your Comment