Market Closed

समाज लघुवित्तको आइपीओ सूचीकृत, स्वस्तिकसँग मर्जमा गएकाले कारोबार रोक्का

24 Sep,2020
  • ipo_new_9_24_2020_2_04_22.jpg
नेपाली पैसा 

काठमाडौं : समाज लघुवित्तको २ लाख कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकरण गरिएको छ । तर समाज लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जमा जाने निर्णय गरेकाले यसको अहिले दोस्रो बजारमा कारोबार भने हुने छैन । मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएपछि मात्र यसको नेप्सेमा सेयर कारोबार खुला हुनेछ । समाजले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो । 

सोमबार मात्रै समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय एक आपसमा मर्ज हुने सम्झौतामा हस्ताक्षर गरेका हुन् । सोही कारण समाजको सेयर कारोबार दोस्रो बजारमा कारोबारमा नआउँदै रोक्का गरिएको छ ।
 

Post Your Comment