Market Closed

सानिमा इन्सुरेन्सले बोलायो एजीएम, नाम परिवर्तन गरिने, अब के राख्ने ?

22 Feb,2019
  • agm_n_2_22_2019_3_56_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा इन्सुरेन्सले चैत ३ गते साधारण सभा बोलाएको छ । सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान ११ः३० बजे सुरु हुनेछ । कम्पनीले नाम परिवर्तन गरी सानिमा जनरल इन्सुरेन्स राख्ने विशेष प्रस्ताव पेश गर्दैछ । यसैगरी, नियमावलीमा संशोधन वा नियमनकारी निकायबाट आउन सक्ने निर्देशन अनुसार काम गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ । 
 
सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि हुनेछ । संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ । यस्तै, सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता पनि अनुमोदन गर्ने एजेन्डा राखिएका छन् । अन्य उपसमितिका सदस्यहरुको बैठक भत्ता अनुमोदन गर्न पनि प्रस्ताव पेश हुनेछ ।  
 
 

Post Your Comment