Market Closed

सानिमा इन्सुरेन्सको साधारण सभा आज, के–के छन् प्रमुख एजेन्डा ?

17 Mar,2019
  • agm_new_3_17_2019_11_11_21.png
नेपाली पैसा 
 
काठमाडौं : सानिमा इन्सुरेन्सले आइतबार (चैत ३) गते साधारण सभा डाकेको छ । सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान ११ः३० बजे सुरु हुँदैछ । कम्पनीले नाम परिवर्तन गरी सानिमा जनरल इन्सुरेन्स राख्ने विशेष प्रस्ताव पेश गर्नेछ ।
 
यसैगरी, नियमावली संशोधन वा नियमनकारी निकायबाट आउन सक्ने निर्देशन अनुसार काम गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ । सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि छ ।

संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत छ । यस्तै, सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता पनि अनुमोदन गर्ने एजेन्डा राखिएका छन् । अन्य उपसमितिका सदस्यहरुको बैठक भत्ता अनुमोदन गर्न पनि प्रस्ताव पेश हुनेछ ।  
 

Post Your Comment