Market Closed

त्रिवेणी विकास बैंकको ३ लाख ५८ हजार कित्ता सेयर लिलामीमा आयो, माघ २० सम्म भर्ने समय

11 Jan,2017
  • auction_1_11_2017_12_40_31.jpg
नेपाली पैसा
 
काठमाडौं :  त्रिवेणी विकास बैंक लिमिटेडले तीन लाख ५८ हजार ६०.४२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले दुई लाख २९ हजार एक सय ४३ .४५ कित्ता सेयर सर्वसाधारण समूह र एक लाख २८ हजार नौ सय १६.९७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । यो सेयरमा माघ १३ गते देखि आवेदन खुला हुनेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ मूल्यलाई आधार मानेर त्यसभन्दा बढी दरभाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने माघ २० गते सम्म तोकिएको छ ।

बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा बेच्न लागेको हो । यसअघि त्रिवेणीले कात्तिक २३ देखि मंसिर २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
आवेदकले एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग, लालदरवार काठमाडौं तथा त्रिवेणी विकास बैंक लिमिटेडको केन्द्रीय कार्यलय थापाथली काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् । त्रिवेणीको बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड हो । बोलपत्र माघ २१ गते दिउसो ३ बजे एस क्यापिटल लिमिटेड काठमाडौंमा खोलिनेछ । 

Post Your Comment