Market Closed

तिनाउले पुस ८ मा १५% लाभांशसहित बोलायो साधारण सभा बुक क्लोज कहिले ?

29 Nov,2017
  • Tinau-development-bank__11_29_2017_12_10_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : तिनाउ विकास बैंकको एघारौं वार्षिक साधारण सभा पुस ८ गते हुने भएको छ । बैंकले गत वर्षको कमाईबाट १०% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । त्यस्तै, ५% नगद लाभांस दिने अर्को प्रस्ताव पनि तिनाउले सभामा पेश गर्दैछ । सभामा बैंकले जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा क्लब डेनेभो प्रालि. बुटवल कालिकानगरमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि तिनाउले मंसिर २० मा बुक क्लोज गर्नेछ । यसआधारमा मंसिर १९ गतेसम्म मात्र कायम सेयरधनी यो लाभांस पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तिनाउले १ करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८२ पैसा छ । 
 
 
 
 

Post Your Comment