Market Closed

तिनाउको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ८ मा एजीएम

05 Dec,2017
  • Tinau-development-bank-Ltd_12_5_2017_10_54_25.jpg
नेपाली पैसा
 
काठमाडौं : तिनाउ विकास बैंकको १५% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले पुस ८ गते हुने वार्षिक साधारण सभामा १०% बोनस सेयर र ५% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि बैंकले बुधबार बुक क्लोज गर्ने भएको छ । लाभांश सुरक्षित गर्न बुक क्लोज हुनुभन्दा अघि नै सेयरधनीले बनिसक्नुपर्नेछ । नयाँ लगानीकर्ताले पनि लाभांश पाउन मंगलबारभित्र तिनाउको सेयर किनिसकेको हुनुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः लाभांश पाउनेछन् । सभामा बैंकले जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा क्लब डेनेभो प्रालि. बुटवल कालिकानगरमा बिहान ९ बजेबाट सुरु हुनेछ । हाल बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तिनाउले १ करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८२ पैसा छ ।

Post Your Comment