Market Closed

तारागाउँ होटलले बुझायो स्पष्टीकरण, सेयर कारोबार खुला

28 May,2019
  • taragaon-regency-hotel-ltd_3_2_5_29_2018_10_56_44.jpg
नेपाली पैसा
 
काठमाडौं : तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार खुला भएको छ । नेप्सेले तारागाउँको स्थगित रहेको सेयर सूचीकरण मंगलबारदेखि फुकुवा गरेपछि सेयर कारोबार पनि खुला भएको हो । यसअघि साधारण सभाका लागि बुक क्लोजको सूचना विलम्ब गरी उपलब्ध गराएपछि नेप्सेले स्पष्टीकरण माग गर्दै होटलको सेयर कारोबारमा रोक लगाएको थियो ।
 
धितोपत्र बजार मूल्यमा असर पर्ने सूचना कम्तिमा एक साता अघि उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । तारागाउँले नेप्सेले माग गरेको स्पष्टीकरण बुझाएपछि आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सचेत गराउँदै कारोबार खुला गरिएको हो ।

Post Your Comment