Market Closed

तारागाउँ रिजेन्सी होटेलको शुक्रबार एजीएम, लगानीकर्तालाई १२.६३% लाभांश

06 Jun,2019
  • taragaon-regency-hotel-ltd_3_2_5_29_2018_10_56_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : तारागाउँ रिजेन्सी होटेलको शुक्रबार (जेठ २४ गते) साधारण सभा बस्ने भएको छ । साधारण सभा नेपाल प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि तारागाउँले जेठ ३ गते शुक्रबारदेखि जेठ २४ गतेसम्म बुक क्लोज गरेको छ । जेठ २ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 
 
तारागाउँले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई १२.६३% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । सभामा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गरी अनुमोदन गर्ने लगायतका प्रस्ताव राखिएका छन् । 

तारागाउँ रिजेन्सी होटेल्सको साधारण सभा सम्बन्धी जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment