Market Closed

तारागाउँ रिजेन्सी होटेलको सेवा फेरि सुरु, विवाद समाधानपछि काममा फर्किए मजदुर

19 Jun,2019
  • Hyatt-Regency_10_27_2017_10_59_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : तारागाउँ रिजेन्सी होटेल (होटल हायात) मा आन्दोलनरत मजदुरहरु काममा फर्किएका छन् । व्यवस्थापनसँग राखेका मागहरु पूरा भएपछि उनीहरु बुधबारदेखि फेरि नियमित काममा हाजिर भएका हुन् । मजदुरले आन्दोलन फिर्ता लिएपछि बन्द होटेल पुनः सुचारु भएको छ । यसअघि होटेलले मजदुर हड्तालका कारण काम गर्न नसकिएको भन्दै सबै सेवा बन्द भएको घोषणा गरेको थियो ।

व्यवस्थापनसँग यसअघि गरिएका सम्झौता अनुसार सेवा सुविधा वृद्धिको माग माग गर्दै मजदुरहरु एक सातादेखि आन्दोलनमा उत्रिएका थिए । होटेल बन्द भएपछि श्रम कार्यालयले व्यवस्थापन र मजदुरहरुलाई वार्तामा बोलाएको थियो । वार्तापछि समस्या समाधान गर्न दुवै पक्ष सहमत भएका हुन् । वार्षिक तलब लगायत अन्य सुविधा वृद्धि गर्ने सहमति भएको छ । 
 
यस होटेलमा हाल करिब ४ सय जना मजदुर तथा कर्मचारी कार्यरत छन् । यता, मजदुर आन्दोलनका कारण होटेल बन्द गर्नुपरेको तारागाउँ होटेलले यसअघि नेप्सेलाई पनि जानकारी गराएको थियो । 

Post Your Comment