Market Closed

तारागाउँ रिजेन्सी होटेलले १२.६३% नगद लाभांश बैंक खातामै पठाउन थाल्यो

05 Jul,2019
  • dividends_img_7_5_2019_5_02_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले १२.६३% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । तारागाँउले जेठ २ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाउन थालेको हो । जेठ २ गतेपछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ ।
 
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । कम्पनीले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा निक्षेप सदस्यमार्फत सम्पर्क गरी डिम्याट खाता खोल्न सकिनेछ ।
 
यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र सानिमा क्यापिटललाई उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् । तारागाउँको गत जेठ २४ गते सम्पन्न साधारण सभाले १२.६३% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । 
 

Post Your Comment