Market Closed

तारागाउँ होटेल्सको नाफा २५.३८% बढ्यो, रिजर्भ र इपीएसमा यस्तो सुधार

15 Aug,2019
  • Hyatt-Regency_10_27_2017_10_59_49.jpg
नेपाली पैसा
 
काठमाडौं : तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ करोड २४ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा नाफा २५.३८% ले बढी हो । अघिल्लो वर्ष तारागाउँले २८ करोड १० लाख ७५ रुपैयाँ खुद नाफा कमाएको थियो । कर तिर्नुभन्दा अघिको नाफा भने ४४ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । 
 
तारागाउँले ग्राहकहरुलाई विभिन्न सेवा बिक्री तथा आतिथ्य सत्कार गरेर  १ अर्ब ४० करोड ४३ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष तारागाउँले आफ्ना सेवा प्रवाह तथा बिक्रीहरुबाट १ अर्ब ३२ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो । असार मसान्तसम्ममा तारागाउँको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
 
त्यस्तै, रिजर्भ कोष पनि ४२ करोड १२ लाख रुपैयाँबाट बढाएर ५३ करोड ५३ लाख रुपैयाँ पुर्याउन तारागाउँ सफल भएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०९ पैसा छ । अघिल्लो वर्ष तारागाउँको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा मात्र थियो । यस आधारमा प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार भएको देखिन्छ । 
 

Post Your Comment