Market Closed

पाँच फाइनान्स कम्पनीमा कसको कमाई कति ?

12 Aug,2019
  • reserve_8_12_2019_6_54_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सूचीकृत राष्ट्रियस्तरका ५ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट सार्वजनिक गर्ने ५ कम्पनी मध्ये युनाइटेड फाइनान्स अन्यको तुलनामा बढी मजबुत देखिएको छ । यता हाथवे फाइनान्स तथा मल्टिप्रपोज फाइनान्सको वित्तीय सूचकहरु केही कमजोर देखिएको छ । हाथवेको जगेडा कोष ऋणात्मक छ भने नाफा पनि घटेको छ । यस कम्पनीलाई ग्लोबल आइएमई बैंकले एक्वायर गर्दैछ । 
 
 २ फाइनान्स कम्पनीको चुक्ता पुँजी बढ्दा ३ को भने यथावत 
 
वित्तीय विवरण सार्वजनिक गर्ने ५ कम्पनी मध्ये २ को चुक्ता पुँजी बढेको छ भने ३ को भने यथावत छ । जसमा सबैभन्दा धेरै पुँजी युनाइटेड फाइनान्सले बढाएको छ ।



अघिल्लो वर्ष ८० करोड रुपैयाँ रहेको युनाइटेडको चुक्ता पुँजी १ वर्षको अन्तरालमा २६.२३% ले बढेर १ अर्ब नाघेको छ । विवरण सार्वजनिक भएका मध्ये सबैभन्दा धरै पुँजी पनि युनाइटेडको नै रहेको छ । 
 
जगेडा कोषमा पनि युनाइटेडकै अधिक, हाथवेको अझै ऋणात्मक
 
एक वर्षको अन्तरालमा ४ फाइनान्स कम्पनीको जगेडा कोष बढेको छ । हाथवेको भने जगेडा कोष ऋणात्मक छ । सबैभन्दा धरै युनाइटेड फाइनान्सको ११४.९३% बढेर जगेडा कोषको आकार ४८ करोड २१ लाख ७२ हजार रुपैयाँको भएको छ ।



यता, हाथवे फाइनान्सको जगेडा कोष भने ७ करोड ६४ लाख ३७ हजार रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष पनि हाथवेको जगेडा कोष ७ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । 
 
३ कम्पनीको खुद नाफा बढ्दा २ को घट्यो
 
५ मध्ये ३ फाइनान्स कम्पनीको नाफा बढेको छ । २ को घट्न पुगेको छ । अघिल्लो वर्षको तुलनामा युनाइटेड फाइनान्सको नाफा सबैभन्दा धेरै ७०.६६% ले बढ्दा हाथवेको भने ५६.१६% ले घटेको छ । 



रकमका आधारमा हेर्दा सबैभन्दा धेरै खुद नाफा १५ करोड ५८ लाख ६५ हजार रुपैयाँ सिर्जना फाइनान्सले कमाएको छ । सबैभन्दा थोरै मल्टिपर्पोजको ५७ लाख ६० हजार रुपैयाँ मात्र रहेको छ । 
 
२ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो
 
चौथो त्रैमासमा २ कम्पनीले प्रतिसेयर आम्दानी बढाएका छन्, भने २ को घटेको छ । यता, मल्टिप्रपोजको अघिल्लो वर्षको प्रतिसेयर आम्दानी उल्लेख छैन । सबैभन्दा धरै हाथवेको ५ रुपैयाँ ८९ पैसाले प्रतिसेयर आम्दानी घटेर ८ रुपैयाँ २८ पैसा (वार्षिक) मा सीमित भएको छ । 


 
सिर्जना फाइनान्सको सबैभन्दा धेरै प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा रहेको छ । यद्दपि, सिर्जनाको पनि अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसाल घटेको हो । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी वृद्धि गर्नेमा आइसीएफसी फाइनान्स रहेको छ । यसको ४ रुपैयाँ ६ पैसाले प्रतिसेयर आम्दानी बढेको हो ।  
 
 

Post Your Comment