Market Closed

युनाइटेड इन्सुरेन्समा आए नयाँ अध्यक्ष, उदय कृष्ण उपाध्यायलाई नियुक्ति

16 Jan,2018
  • united-insurance-company-(nepal)-ltd_1_16_2018_3_41_49.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड इन्सुरेन्सको अध्यक्षमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । इन्सुरेन्सको आइतबार बसेको सञ्चालक समिति बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गरेको हो । कम्पनीले हालैमात्र साधारण सभा गरी सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको पनि निर्वाचन गरेको छ । हाल युनाइटेडको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । इन्सुरेन्सले यसअघि १०% बोनसपछि १००% हकप्रद ल्याउने प्रस्ताव गरेको थियो । तर बिमा समितिले आर्थिक वर्ष २०७२।७३ को वित्तीय विवरण अस्वीकृत गरेपछि यो प्रस्ताव अहिलेसम्म स्थगित छ । बिमा समितिले परिमार्जनसहित पुनः वित्तीय विवरण पेश गर्न युनाइटेडलाई निर्देशन दिएको छ । 

Post Your Comment