Market Closed

युनाइटेड इन्सुरेन्सका सीइओको राजीनामा, रमेश भट्टराईलाई कायम मुकायम

17 Jun,2018
  • united-insurance-company-(nepal)3_21_6_17_2018_1_20_09.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेखर बरालले राजीनामा दिएका छन् । कम्पनीको असार १ गते बसेको सञ्चालक समिति बैठकले आइतबारदेखि लागू हुने गरी बरालको राजीनामा स्वीकृत गरेको हो । यता, नायब महाप्रबन्धक रमेश कुमार भट्टराईलाई कायम मुकायम सीइओ नियुक्त गरिएको युनाइटेडले जनाएको छ ।

भट्टराईलाई सीइओ पदमा अर्को व्यवस्था नहुँदा सम्मको लागि कायम मुकायम सीइओको जिम्मेवारी दिइएको हो । पछिल्लो समय विभिन्न विवादमा घेरिएको यस कम्पनीले जेठ २७ गते वार्षिक साधारण सभा गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेडले ९ करोड १९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ५९ पैसा छ ।
 

Post Your Comment