Market Closed

युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

22 Nov,2020
  • IPO_initial_p_2_2_24_2020_5_01_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज आइतबार (मंसिर ७ गते) अन्तिम दिन हो । आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । गत शुक्रबार साँझसम्ममा यसमा ६६ लाख १२ हजार १६० कित्ताका लागि आवेदन परिसकेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्म कुल ३ लाख ५४ हजार ५८१ जना आवेदकले ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ८.१३ गुणा बढी हो । कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको छ । इदी मार्दीले बुधबार (मंसिर ३ गते) बाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो ।

यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको सेयर सर्वसाधारणमा खुला गरिएको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ  केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ ।

यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

Post Your Comment