Market Closed

उन्नतिको लाभांश घोषणा : ३८.६०% बोनस र कर तिर्न २.०३% नगद

19 Sep,2019
  • Dividend_9_19_2019_11_01_41.jpg
नेपाली पैसा
 
काठमाडौं : उन्नति लघुवित्त वित्तीय संस्थाले ४०.६३% लाभांश दिने भएको छ । लघुवित्तको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३८.६०% बोनस सेयर र २.०३% नगद गरी कुल ४०.६३% लाभांश दिने प्रस्ताव गरेको छ । 
 
नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । लघुवित्तले बोनस सेयरका लागि ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने करका लागि १७ लाख ९३ हजार ३७६ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
 
उन्नतिले अघिल्लो वर्ष ४०.५% बोनस सेयर र २.१३% नगद लाभांश दिएको थियो । हाल उन्नतिको चुक्ता पुँजी ८ करोड २७ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ पुग्नेछ ।

Post Your Comment