Market Closed

मजबुत बन्दै उन्नति : जगेडा कोष ११८.९०% ले बढ्दा अन्य सूचक कस्तो ?

14 Nov,2019
  • unn_3_6_2018_10_53_01.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा उन्नति लघुवित्त वित्तीय संस्था मजबुत बन्दै गएको छ । यसअवधिमा खुद नाफा ४९.७०% ले बढेर १ करोड ९८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा १ करोड ३२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यता, उन्नतिको जगेडा कोषमा आकर्षक वृद्धि भएको छ । जगेडा कोष ११८.९०% ले बढेर ९ करोड ५३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ५३.६२% र सञ्चालन नाफा ४८.१३% ले बढेको छ ।

असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ६०.०५% ले बढेर ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ १३ पैसाले घटेर ५७ रुपैयाँ ३३ पैसा भएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ०४ पैसा छ । 

उन्नतिले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०.६३% लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ३८.६०% बोनस सेयर र २.०३% नगद लाभांश रहेको छ । 




 
 

Post Your Comment