Market Closed

उन्नति र सहकार्य लघुवित्तबीच एकीकृत कारोबार सुरु

10 Jul,2020
  • mergere_7_10_2020_10_18_05.jpg
नेपाली पैसा
 
काठमाडौं : उन्नति र सहकार्य लघुवित्तबीच आज शुक्रबार (असार २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी १००ः७५ अनुपातमा मर्ज भएका हुन् । मर्जर पश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था नाम रहेको छ । दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले जेठ १९ गते अन्तिम स्वीकृति दिएका हुन् ।

हाल उन्नति माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय रुपन्देहीमा छ भने सहकार्यको सर्लाहीमा रहेको छ । यसअघि उन्नतिले १५ जिल्ला र सहकार्यले १० जिल्लाका शाखा कार्यालयहरुबाट सेवा दिँदै आएका थिए । 
 
 

Post Your Comment