Market Closed

उन्नति लघुवित्तको बोनस सेयर डिम्याट खातामा

13 Jul,2020
  • bonis_ntc_7_13_2020_1_13_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : उन्नति लघुवित्त वित्तीय संस्थाले ३८.६०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीको भनाई छ । उन्नतिको पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ३८.६०% बोनस सेयर कर प्रयोजनार्थ सहित २.०३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 
  
 
 
 
 

Post Your Comment