Market Closed

उन्नतिको २०% हकप्रद सेयर भर्न अब कहिलेसम्म छ म्याद ?

19 Mar,2019
  • right_sharen_3_19_2019_1_40_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको (फागुन १३ गते देखि २०% हकप्रद सेयर खुला भइरहेको छ । कम्पनीले ५ः१ अनुपातमा प्रतिसयेर १०० रुपैयाँ अंकित दरको १ लाख १० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । उन्नतिको यस हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

यसमा चैत्र १७ गतेसम्म आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । उन्नतिको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल उन्नतिको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । २०% हकप्रद सेयरपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ  । यता, उन्नतिको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ४०.५०% बोनस र २.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

अहिले बिक्री गर्न लागिएको २०% हकप्रद र यो बोनसपछि चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । उन्नतिले यस पुँजीबाट फेरि अर्को २०% हकप्रद निष्कासन गर्नेछ । यसपछि पुँजी थप वृद्धि हुनेछ ।

Post Your Comment