Market Closed

उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद भर्ने आज अन्तिम दिन, छुट्नु होला है

31 Mar,2019
  • right_sharen_3_19_2019_1_40_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको २०% हकप्रद सेयर भर्ने आइतबार (चैत १७ गते) अन्तिम दिन हो । उन्नतिले फागुन १३ गतेदेखि हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ५ः१ अनुपातमा प्रतिसयेर १०० रुपैयाँ अंकित दरको १ लाख १० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो ।
 
यस हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । उन्नतिको केन्द्रीय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र आस्वा सदस्य बैंक्हरुबाट पनि आवेदन दिन सकिनेछ ।
 
हाल उन्नतिको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । २०% हकप्रद सेयरपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ  । यता, उन्नतिको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ४०.५०% बोनस र २.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
 
अहिले बिक्री गर्न लागिएको २०% हकप्रद र यो बोनसपछि चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । उन्नतिले यस पुँजीबाट फेरि अर्को २०% हकप्रद निष्कासन गर्नेछ । यसपछि पुँजी थप वृद्धि हुनेछ ।
 

Post Your Comment