Market Closed

उन्नति माइक्रोफाइनान्सको ८,८९५ कित्ता सेयर लिलामीमा आउने, वैशाख २६ देखि खुल्ने

04 May,2019
  • unn_3_6_2018_10_53_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको वैशाख २६ गते बिहीबारदेखि ८ हजार ८९५ कित्ता सेयर लिलामी खुल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ ।

उन्नतिको गत बिहीबार प्रतिकित्ता ११ सय ५३ रुपैयाँमा अन्तिम सेयर कारोबार भएको थियो । उन्नतिले यसअघि २०% हकप्रद सेयर बिक्री गरेको थियो । सोही बेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो । कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ लाख १ हजार १०५ कित्ता हकप्रद मात्र बाँडफाँट भएको थियो । 
 
 हाल उन्नतिको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । २०% हकप्रद सेयर लिलामी सबै बिक्री भएपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यस्तै, उन्नतिको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ४०.५०% बोनस र २.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
 
यो बोनसपछि भने चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले बोनसपछि कायम पुँजीबाट फेरि अर्को २०% हकप्रद निष्कासन गर्ने योजना पनि अघि सारेको छ । यो प्रस्ताव साधारण सभाबाट अनुमोदन भइसकेको छ । 

उन्नति माइक्रोफाइनान्सको लिलामी सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment