Market Closed

उन्नति माइक्रोफाइनान्सले ७५.०८% ले बढायो नाफा, इपीएस पुग्यो ५४.६६ रुपैयाँ

09 May,2019
  • unn_3_6_2018_10_53_01.jpg
नेपाली पैसा
 
काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड १६ लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्ष भन्दा ७५.०८% ले बढी हो । उन्नतिले गत वर्ष १ करोड ८० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यता, खुद ब्याज आम्दानी पनि २५.११% ले बढेर ५ करोड ८३ लाख ०७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष लघुवित्तले ४ करोड ६६ लाख ३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
 
यस्तै, सञ्चालन नाफा ७५.२३% ले बढेको छ । गत वर्ष २ करोड ८१ लाख २७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ४ करोड ९२ लख ८७ हजार पुर्याएको छ । साथै, उन्नतिले यस त्रैमास सम्ममा ५० करोड २९ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्व ७५ करोड ४० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
कम्पनीले गत माघ २६ गतेको साधारण सभाबाट पारित ४०.५०% बोनस सेयर वितरण गरी चुक्ता पुँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले हालै मात्र १ लाख १० हजार कित्ता (२०%) हकप्रद सेयर बिक्री गरेको थियो । उक्त हकप्रद भने तेस्रो त्रैमासमा पुँजीकृत गरेको छैन । हकप्रदपछि भने पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
 
गत वर्ष भन्दा जगेडा कोषको रकममा सामान्य वृद्धि गरेर ३ करोड ९७ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष लघुवित्तले ३ करोड २९  लाख रुपैयाँ जगेडा कोषमा राखेको थियो । उन्नतिको गत वर्ष ०.३६% रहेको खराब कर्जा यस वर्ष बढेर १.०३% पुगेको छ । यसको अस्ट अफ फन्ड १०.०४ % छ । यसैगरी, प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३९ पैसा छ । २०% हकप्रद पुँजीकृत भएपछि भने प्रतिसेयर आम्दानीमा पनि केही कमी आउनेछ ।

उन्नतिको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment