Market Closed

उन्नति माइक्रोफाइनान्सको ८,८९५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका, बजार भाउ कति ?

16 May,2019
  • auction_img_5_16_2019_10_06_27.png
नेपाली पैसा 
 
काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको ८ हजार ८९५ कित्ता सेयर लिलामी भर्ने बिहीबार (जेठ २ गते) अन्तिम दिन हो । कम्पनीले वैशाख २६ गतेदेखि लिलामी खुला गरेको हो । सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । 
 
प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । उन्नतिको नेप्सेमा बुधबार प्रतिकित्ता ११ सय ७४ रुपैयाँमा अन्तिम सेयर कारोबार भएको छ । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।
 
उन्नतिले यसअघि २०% हकप्रद सेयर बिक्री गरेको थियो । सोही बेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो । कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ लाख १ हजार १०५ कित्ता हकप्रद मात्र बाँडफाँट भएको थियो । 
 
 हाल उन्नतिको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । २०५ हकप्रद सेयर लिलामी सबै बिक्री भएपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यस्तै, उन्नतिको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ४०.५०% बोनस र २.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
 
बोनसपछि चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले बोनसपछि कायम पुँजीबाट फेरि अर्को २०% हकप्रद निष्कासन गर्ने योजना पनि अघि सारेको छ । यो प्रस्ताव साधारण सभाबाट अनुमोदन भइसकेको छ । 

उन्नति माइक्रोफाइनान्सको लिलामी सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment