Market Closed

युनाइटेड मोदीको ५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस ७ मा एजीएम

06 Dec,2017
  • United-modi-hydropower-compan_12_6_2017_10_46_34.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरको ५% नगद लाभांश पाउन सेयर किन्ने बुधबार अन्तिम मौका हो । मोदीले पुस ७ गते हुने वार्षिक साधारण सभामा चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँको ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ । यसका लागि शुक्रबारदेखि सभा हुने दिनसम्म बुक क्लोज भए पनि बिहीबार चुनावका कारण बजार खुल्दैन । यसआधारमा, कम्पनीले दिने लाभांश सुरक्षित गर्न बुधबार नै सेयरधनी बनिसक्नुपर्नेछ । सभामा संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेस हुनेछ । यसैगरी, १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र थप १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लगिंदैछ । साधारण सभा पुष ७ गते बिहान ११ बजे युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा हुनेछ । युनाइटेड मोदी हाइड्रेपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको रिजर्भ कोषमा भने जम्मा १० करोड ४२ लाख ९३ हजार रुपैयाँ छ । यस कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७ पैसा छ ।
 
 
 

Post Your Comment