Market Closed

युनाइटेड मोदीको साधारण सभा आज, के–के छन् एजेन्डा ?

22 Dec,2017
  • United-modi-hydropower-company-Ltd_12_22_2017_10_26_49.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारण सभा आज (पुस ७ गते) युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा ११ बजेबाट सुरु हुँदैछ । सभामा कम्पनीले ५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । मोदीले यसको ५% ले हुने ५ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । सभामा संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुँदैछ । यसैगरी, १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र थप १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लगिंदैछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ देखि आज (पुस ७ गते) सम्म बुक क्लोज गरेको छ । युनाइटेड मोदी हाइड्रेपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको रिजर्भमा भने जम्मा १० करोड ४२ लाख ९३ हजार रुपैयाँ छ । यस कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७ पैसा छ ।

Post Your Comment