Market Closed

युनाइटेड मोदी हाइड्रोपावरले प्रस्ताव गर्यो ५% नगद लाभांश, गत वर्ष कति थियो ?

25 Nov,2018
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा  
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% का दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको यो प्रस्ताव आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ ।

युनाइटेड मोदीको हाल १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यही चुक्ता पुँजीको ५% नगद लाभांश दिन लागिएको हो । नगद लाभांशमा लाग्ने कर पनि यही ५% लाभांशबाटै व्यहोरिनेछ । गत वर्ष पनि कम्पनीले ५% नै नगद लाभांश दिएको थियो । 

युनाइटेड मोदीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा (तीन महिनाको) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा छ । 

 

Post Your Comment