Market Closed

युनाइटेड मोदीको ५% नगद प्रस्तावसहित पुस १२ मा एजीएम, बुक क्लोज कहिले ?

02 Dec,2018
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा पुस १२ गते बस्ने भएको छ । सभामा कम्पनीले ५% नगद लाभांश दिने पस्ताव पेश गर्दैछ । मोदीले नगद लाभांशका लागि ५ करोड ७५ लाख रुपैयाँ खर्च गर्नेछ । गत वर्ष पनि कम्पनीले ५% नै नगद लाभांश दिएको थियो ।
 
साधारण सभा बिहान ११ बजे युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ ।
 
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ देखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । लाभांश पाउन मंसिर २४ गतेभित्र कम्पनीको सेयरधनी बनिसक्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यही चुक्ता पुँजीबाट ५% नगद लाभांश दिन लागेको हो ।
 
युनाइटेड मोदीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा छ । 

Post Your Comment